Logo
Logo

मधेशमा नेकपाले पनि छाड्यो मधेश सरकार, मुख्यमन्त्री संकटमा


0
Shares

जनकपुरधाम। मधेश प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। सरकारबाट बाहिरिने निर्णय गरेसँगै नेकपाका मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्।

प्रदेश प्रमुखलाई राजीनामा बुझाएसँगै मधेश प्रदेश सरकारबाट नेकपा औपचारिक रूपमा बाहिरिएको छ।

राजीनामा दिनेहरूमा अर्थमन्त्री तथा नेकपा संसदीय दलका नेता युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बसेको संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। लगत्तै चारै जना मन्त्रीले पद त्याग गरेका हुन्।

गत असोज ३० गते नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसयता नेकपाले भने सरकारलाई समर्थन कायम राख्दै आएको थियो।

अहिले नेकपाले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार थप राजनीतिक सङ्कटमा परेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000