काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

टियु मैदानमा जारी खेलमा चितवनले पोखरालाई जितका लागि १५२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ६ विकेटको क्षतिमा १५१ रन जोड्यो ।
कप्तान सिकन्दर रजाले ३७ तथा रवि बोपाराले ३२ रन जोडे । यस्तै, अर्जुन साउदले ३१ तथा डेविड मलानले २७ रन बनाए । बलिङतर्फ पोखराका चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले दुई–दुई विकेट लिए ।


















