Logo
Logo

एनपीएलमा आज काठमान्डु र लुम्बिनी खेल्दै


0
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ ।

प्रतियोगितामा अपराजित लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ ४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

यसअघि हिजो दुई खेल भएकोमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग तथा कर्णाली सुदूरपश्चिमसँग पराजित भयो । लगातार चौथो खेल गुमाएको पोखरा तालिकाको पुछारमा छ । उसको प्ले–अफ सम्भावना पनि लगभग सकिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000