Logo
Logo

कस्तो छ आजको मौसम ?


0
Shares

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा हिमपातको पनि पूर्वानुमान छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका साथै कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

विभागले राति कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै बाँकी हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने बताएको छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने पूर्वानुमान छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000