Logo
Logo

नेपाल संवत आन्दोलनका उपलब्धि नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ : मन्त्री श्रेष्ठ


0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत र नेवाः संस्कृति संरक्षणका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्ने बताएका छन् । 

नेपाल संवत ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अग्रज अभियन्ताहरूले लामो संघर्षबाट स्थापित गरेका उपलब्धिको संरक्षण र पुस्तान्तरण अहिलेको पुस्ताको दायित्व भएको बताए । मन्त्री श्रेष्ठले नेपाल संवत आन्दोलनका क्रममा उठाइएका मागमध्ये नेवाः विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढ्नु, नयाँ नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने सरकारी प्रतिवद्धता आउनु र आकाश भैरवको तस्बिर नोटमा समावेश गर्ने प्रक्रिया अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । 

उनले नेपाल संवत तथा नेवाः संस्कृति संरक्षणका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका पद्मरत्न तुलाधरलगायत अग्रज अभियन्ताहरूको योगदान स्मरण गरे । उनीहरूले सुरु गरेको अभियानलाई नयाँ पुस्ताले निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।  

श्रेष्ठले अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी विधेयक निर्माण गर्दा सम्बन्धित समुदाय र अभियन्ताहरूको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । विधेयक कस्तो बन्नुपर्छ भन्ने विषयमा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श आवश्यक रहेको बताएका छन् । उनले नेपाल संवत र नेवाः संस्कृति कुनै एक समुदायमा मात्र सिमित नरहेको भन्दै यसको संरक्षणलाई विश्वव्यापी अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे । नयाँ पुस्तालाई भाषा, संस्कृति, परम्परा र बाजागाजाप्रति आकर्षित गर्न सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । 

नेपाल संवत र शङ्खधर साख्वाको योगदानलाई भावी पुस्ताले पनि स्मरण गर्ने वातावरण बनाउन सबै पुस्ताबीच सहकार्य आवश्यक रहेको मन्त्री महर्जनले बताए । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000