Logo
Logo

एनपीएल टिकट सोल्ड आउटबारे क्यानले दियो प्रस्टीकरण


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको टिकट बिक्री खुलेको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले टिकट खरिदका लागि एकैपटक करिब २ लाख प्रयोगकर्ताले प्रयास गरेको जनाएको छ ।

क्यानका अनुसार भोलि (शनिबार) हुने एनपीएलको फाइनल खेलको टिकट बिक्री खुला गरिएपछि ठूलो संख्यामा समर्थकले एकैपटक टिकट खरिद गर्न खोजेका थिए । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकटको संख्या सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका हुन् ।

टिकट पाउन नसकेका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत प्रतियोगितालाई सहयोग गर्न पनि क्यानले आग्रह गरेको छ ।फाइनलमा गत सिजनका दुई फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भिडन्त हुँदैछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000