Logo
Logo

भारत ‘ए’ले नेपाललाई दियो ३३३ रनको लक्ष्य


0
Shares

काठमाडौं । भारत ‘ए’ले एसीसी एसिया कप राइजिङ स्टार्समा नेपालसामु ३३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनायो ।

भारतका कुमार कुशाग्रा र तिलक वर्माले शतक प्रहार गरे । कुमारले सर्वाधिक ११७ रनको योगदान दिए । उनले १०२ बलमा १० चौका र चार छक्का प्रहार गरे । तिलकले ११३ बलमा ६ चौका र चार छक्काको मद्दतमा १०७ रन बनाए । सूर्यांश सेडगेले अविजित ३६ र वैभव सूर्यवंशीले २६ रन जोडे ।

नेपालका ललितनारायण राजवंशी र कप्तान सन्दीप लामिछानेले तीन–तीन, नन्दन यादवले दुई र पवन सर्राफले एक विकेट लिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000