Logo
Logo

करिष्मा कपुरले किन बेच्दैछन् आफ्नो घर ?


- दृष्टि न्युज/संवाददाता


बलिउड – बलिउडका नायिका करिना कपुरकी दिदी करिष्मा कपुरले मुम्बईस्थित आफ्नो घर बेच्न लागेका छन् । करिष्माले यसबारे कुनै पुष्टि त गरेकी छैनन् तर, भारतीय सञ्चार माध्यमले बेच्नका लागि उनले आफ्नो घर रजिस्टर गरेको जानकारी दिएका छन् ।

करिष्मा कपुरले आफ्नो घर बेच्नका लागि २४ डिसेम्बर २०२० मा रजिस्टर गरेकी थिइन् । करिष्माले आफ्नो घर बिक्रिका लागि राखेको ज्यापकि वेबसाइटमा यसको मूल्य १०.११ करोड बताइएको छ । १,६११ स्क्वायर फिटमा फैलिएको घरलाई करिष्माले १० करोडमा बेचिरहेकी छिन् । यसअघि करिष्मा कपुरले सन् २०१८ मा आफ्नो बान्द्रास्थित घर १।३९ करोडमा बेचेकी थिइन् डीएनएमा यो खबर उल्लेख छ । करिष्माले बेच्न ठिक्क पारेको घर सन् २०२० मा खरिद गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्