Logo
Logo

पुटिनका आलोचक नाभाल्नी विमानस्थलबाटै पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं – रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको छ। नाभाल्नी पाँच महिनापछि आईतवार राति स्वदेश फर्किएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।

उनी चढेको जहाज सेरेमेत्येभो विमानस्थलमा अवतरण हुनासाथ उनलाई रूसी अधिकारीहरूले नियन्त्रणमा लिएका थिए । नाभाल्नीलाई केही महिनाअघि जहाजमा हुँदा विष खुवाइएको थियो। कोमामा पुगेका उनलाई उपचारका लागि जर्मनी लगिएको थियो। निको भएपछि उनी पत्नी र अन्य सहयोगीहरूसँग आइतबार स्वदेश फर्किएका थिए ।

नाभाल्नी रूसी राष्ट्रपति भ्लादिमर पुटिनका खरो आलोचक हुन्। पुटिन शासनमा भएका भ्रष्टाचारबारे उनले थालेको अनुसन्धानले रूसभरि पुटिनविरूद्ध आक्रोश जन्माएको छ। स्वेदश फर्किए क्रेमलिनले उनलाई पक्राउ गर्ने तयारी गरेको छ भन्ने थाहा पाएरै उनी रूस पुगेका थिए।

उनलाई पक्राउ गर्न रूसी अधिकारीहरूले जहाज नै डाइभर्ट गर्न लगाएका थिए। सुरूमा उनी चढेको जहाज मस्कोको भिनुकोभो विमानस्थलमा अवतरण हुने तय थियो। नाभाल्नीलाई स्वागत गर्न विमानस्थलमा उनका समर्थकको भीड लागेको थियो। अन्तिम समयमा पाइलटले प्राविधिक समस्याका कारण पूर्वनिर्धारित विमानस्थलमा अवतरण गर्न नसक्ने बताए र जहाज डाइभर्ट गरेका थिए ।

हिरासतमा लिइनु केही मिनेट अघि मात्रै नाभेल्नीले मस्कोमा शेमेन्येवो एयरपोर्टमा आफ्ना समर्थक र मिडियासँग भने, ‘मलाई थाहा छ म सही छु । मलाई कुनै पनि कुराको डर छैन । मविरुद्ध सबै आपराधिक मुद्दा झुटा हुन् ।’

 

प्रतिक्रिया दिनुहोस्