Logo
Logo

बार्सिलोनालाई पराजित गर्दै बिल्बाओले जित्यो स्पानिस सुपर कप फुटबलको उपाधि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ । एथ्लेटिक बिल्बाओले बार्सिलोनालाई पराजित गर्दै स्पानिस सुपर कप फुटबलको उपाधि हात पारेको छ । आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बिल्बाओले उपाधि हात पार्न सफल भएको हो ।

बिल्बाओका लागस ओस्कार डे मार्कोस, असियर भिलालिब्रे र एनाकी विलियम्सले गोल गरेका थिए भने, बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरे । बिल्बाओले दुई पटक पछि परेर पनि उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो ।

निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाएका हुन् । कप्तान लिओनल मेसीले अतिरिक्त समयको अन्तिम मिनेटमा रातो कार्ड पाएका थिए । भिलालिब्रालाई फाउल गरेपछि मेसीले रातो कार्ड पाएका थिए । मेसीले बार्सिलोना करियरमै पहिलो पटक रातो कार्ड सामना गरेका हुन् । ७७औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।

 

प्रतिक्रिया दिनुहोस्