Logo
Logo

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, रेकर्ड कायम


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, ५ माघ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) नेप्सेमा १७ दशमलव ३१ बिन्दुले वृद्धि भई दुई हजार ३ सय ३२ दशमलव ३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १८ ले वृद्धि भई ४ सय ४५ दशमलव ६० मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोवार रकम रु ६ अर्बमाथि छ ।

कूल २ सय ७ कम्पनीको एक करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर रु ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १ सय ६७ मूल्यमा कारोवार भए । नेप्सेको उकालो यात्रासँगै बजार पूँजीकरण रु ३१ खर्ब ४१ अर्ब ८१ करोड १३ लाख ४० हजार बराबर हुन पुगेको छ । जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको शेयरमा उल्लेख्य सुधार आउँदा बजारले नयाँ लय समातेको हो । कारोवार भएका कूल १२ उपसमूहमध्ये जलविद्युत् उपसमूहको शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयरमा ११ दशमलव ५२ बिन्दुको गिरावट देखिएको छ ।

यसैगरी बैंकिङ २ दशमलव ८१, व्यापार १ सय ८१ दशमलव ०४, होटल १ सय १३, विकास बैंक ५० दशमलव ४५, वित्त २२ दशमलव ८, निर्जीवन बीमा १ सय २६ दशमलव १३, उत्पादन २१ दशमलव ४, अन्य ११ दशमलव ४२, लघुवित्त एक सय दशमलव १, जीवन बीमा १ सय ९९ दशमलव ४७ र सामूहिक लगानी कोष ० दशमलव २५ ले वृद्धि भएको छ । कारोबार भएका कम्पनीहरु मध्ये ११० कम्पनीको शेयर उकालो लागेको छ भने ५३ कम्पनीको शेयर ओरालो लागेको छ । कूल १३ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन ।

प्रतिक्रिया दिनुहोस्