Logo
Logo

प्रचण्डलाई भेटेपछि बाबुरामले दलहरुलाई गरे यस्तो आह्वान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० माघ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन विरुद्ध संयुक्त आन्दोलन गर्न दलहरुलाई आह्वान गरेका छन् ।

शुक्रबार साझ ट्वीट गर्दै उनले प्रतिनिधिसभा विघटन विरुद्ध दलहरुको एक्लाएक्लै जनप्रदर्शन राम्रै नदेखिएको भन्दै दलहरुलाई संयुक्त आन्दोलनमा उत्रन आव्हान गरेका हुन् । प्रधानमन्त्री केपी ओलीको संसद विघटन निर्णयविरुद्ध नेपाली काँग्रेस प्रचण्ड माधव नेकपा र जसपाको एक्लाएक्लै जनप्रदर्शन राम्रै नदेखिएको उनको भनाई छ ।

शुक्रबार साझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनले भेटवार्ता गरेका थिए । प्रचण्डसँगको भेटपछि भट्टराईले एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने भनेर नेताहरुलाई प्रश्नसमे गरे ।

उनले ट्वीटमा लेखेका छन्, ‘ओलीप्रतिगमन विरूद्ध नेका, प्रचण्ड-माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्। तर आआफ्ना ऐनामा हेरेर मक्ख नपरौं ! आम जनताको वितृष्णा,भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआँकौं। एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने ? सोचौं !’

 

 

प्रतिक्रिया दिनुहोस्