Logo
Logo

आजदेखि एनआरएनको विशेष महाधिवेशन, यस्तो छ कार्यतालिका


- दृष्टि न्युज/संवाददाता


बार्सिलोन, १० माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आजदेखि विशेष महाधिवेशन सुरु हुँदैछ। आज विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत हुनेछ । सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुंगिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुईदिनसम्म भर्चुअलरुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन गर्ने एनआरएनले जनाएको छ । संघले जनाए अनुसार महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुनेछ ।

संघका महासचिव डा हेमराज शर्माले संचालन गर्ने कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रमा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाट उद्घाटन, उपाध्यक्ष रविना थापाबाट स्वागत, प्रमुख अतिथि परराष्ट्रमन्त्रीबाट उद्घाटन मन्तब्य, विशेष अतिथिहरुबाट शुभकामना मन्तब्य, संघका पूर्वअध्यक्षहरुबाट मन्तब्य राख्ने कार्यक्रम रहेको संघले जनाएको छ । संघका महासचिव डा हेमराज शर्माले संघको प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदन माथि छलफल हुनेछ। त्यसपछि प्रतिवेदन पारित गर्नको लागि प्रस्ताव गरिनेछ। यसपछि पूर्वप्रवक्ता भुषण घिमिरे विधानको मस्यौदाप्रति छलफलको लागि प्रस्तुत गर्नेछन्।

यस्तै, दोश्रो दिनको पहिलो सत्रमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले संघको २०२७(२०१९ को आर्थिक गत महाधिवेशनमा पारित हुन बाँकी रहेको प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदन माथि छलफल पछि पारित गर्नको लागि प्रस्ताव गरिनेछ। त्यसको लगत्तै गैरआवासीय नेपाली संघका लेखा परीक्षकले २०२७(२०१९ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

विशेष महाधिवेशनको दोश्रो दिनको दोश्रो सत्र छोटो र छरितो हुनेछ । संघका प्रवक्ता डिबी क्षेत्रीबाट महाधिवेशनको समरी, घोषणासहित ब्रिफिङ हुनेछ। त्यसपछि संघका अग्रज लगायतको मन्तब्य रहनेछ।

प्रतिक्रिया दिनुहोस्