Logo
Logo

दोहोरो अंकको करेक्सन गर्दै नेप्से परिसूचक १७ अंकले घट्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ माघ । साताको तेस्रो दिन आज (मंगलबार) सेयर बजार १७ अंकले ओरालो लागेको छ । १७ दशमलव ७९ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा झरेको हो । यस्तै, ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५८ अंकले ओरालो लागेको छ । कारोबार रकम पनि ८ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ ।

दिनभर भएका ६३ हजार ५ सय ९६ कारोबारबाट १ करोड ९५ लाख ६२ हजार २ सय ३९ कित्ता सेयर किनेबच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब २५ करोड ३३ लाख ४१ हजार रुपैयाँ नाघेको छ । लगातार बढिरहेको बजारमा दोहोरो अंकको करेक्सन भने भएको छ । जसलाई लगानीकर्ताले सकारात्मक मानिन्छन् । कबजार दुई पाइला अघि र एक पाइला पछि हुँदै अघि बढिरहेकाले यसलाई सकारात्मक रूपमा उनीहरूको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्