Logo
Logo

नेतृत्वमा युवाहरू नआए पार्टीको भविष्य अप्ठेरोमा पर्छ : उपप्रधानमन्त्री पोखरेल


- दृष्टि संवाददाता

693
Shares

काठमाडौं, २५ माघ । सरकारका उपप्रधानमन्त्री एवं नेकपा ओलीपक्षका नेता ईश्वर पोखरेलले पार्टी नेतृत्वमा युवाहरु नआए पार्टीको भविष्य अप्ठेरोमा पर्ने बताएका छन् ।

आइतबार ललितपुुरमा राष्ट्रिय युवा संघ नेपालको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पोखरेलले अब पार्टी नेतृत्वमा ३० प्रतिशत युवाहरु अनिवार्य गरिने समेत बताए । उनले युवाहरुलाई पार्टी नेतृत्वमा ल्याउन आफूले वकालत गर्ने पनि बताए ।

उनले पार्टीभित्रको विभाजनकारीलाई हटाउँदै अन्यलाई गोलबन्द गराउँदै लैजाने अहिलेको मुख्य ध्यय रहको जिकिर गरे । उनले पार्टीबाट बाहिरिने बाहेक अन्यलाई उपयुक्त समयमा व्यवस्थापन गर्दै लैजाने उल्लेख गरे । पोखरेलले अहिलेको लडाई बिचारको लडाई भएको भन्दै गलत विचारसंग सम्झौता नगर्ने स्पष्ट परे ।

बैठकले राष्ट्रिय युवा संघ नेपालको संयोजकबाट रामप्रसाद सापकोटा (दिपशिखा)लाई निश्कासन गरेको छ । बैठकमा सहसंयोजक रमेश पौडेलले संयोजक सापकोटालाई निष्कासनका प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्