काठमाडौं, २९ माघ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रामकुमारी झाँक्रीलाई बिनासर्त रिहा गर्न माग गरेका छन् । मिश्रले रसातलको राजनीति सफा नगरेसम्म घटना बदलिने तर प्रवृत्ति नबदलिने बताएका छन् ।
झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक हुने उल्लेख गर्दै उनलाई कानुन लाग्छ कि लाग्दैन भनेरसमेत मिश्रले प्रश्न गरेका छन् ।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पुर्याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानुन हुन्छ। रसातलको राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन। झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीन रुपमा घातक छन्। उनलाई कानुन लाग्छ कि लाग्दैन?’
प्रहरीले पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेको छ ।
झाँक्रीलाई विना शर्त रिहा गर!
जब नेतृत्व गर्नेहरूले राजनीतिको स्तरलाई रसातलमा पुर्याउँछन्,न तिनको शब्दमा शिष्टता हुन्छ,न कर्ममा कानून हुन्छ।यो राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ,प्रवृत्ति बदलिँदैन।झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक छन्।उनलाई कानून लाग्छ कि लाग्दैन?— Rabindra Mishra (@RabindraMishra) February 11, 2021











