Logo
Logo

नेकपा प्रचण्ड-माधव समूहद्वारा जनयुद्ध दिवश मनाउन सर्कुलर


दृष्टि संवाददाता

945
Shares

काठमाडौं, ३० माघ । नेकपा प्रचण्ड–माधव समूहले जनयुद्ध दिवश भव्यताका साथ मनाउने निर्णय गरेको छ । फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाइँदै आएको छ ।
केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले शुक्रबार एक सर्कुलर जारी गर्दै पार्टीका जिल्ला कमिटीहरुलाई ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’को ब्यानरसहित जनयुद्ध दिवसको कार्यक्रम भव्यतापूर्वक गर्न अनुरोध गरेका छन् ।
फागुन १ गते तत्कालिन नेकपा माओवादीले नेपालमा जनयुद्ध शुरुवात गरेका थिए । हरेक वर्ष यो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्