Logo
Logo

नाटकीय खेलमा सन्दीपको टिम फाइनलमा पराजित


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ५ फागुन ।
अष्ट्रेलियाको बिग बास लिग(बिबिएल)को फाइनलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्स नाटकीय रुपमा पराजित भएको छ । एक सय ४६ रनको लक्ष्य पछ्याएको स्टार्स एक सय ३२ रन मा जोड्न सफल भयो ।


जबकी १३ ओभरमा ९६ रन बनाउँदा सो टिमले पहिलो विकेट गुमाएको थियो । त्यसपछि नाटकीय रुपमा ब्याटीङ कोल्याप्स भएको थियो ।
सो खेलमा सन्दीपले चार ओभरमा १६ रन मात्र दिएर उत्कृष्ट बलिङ गरेका थिए । बिबिएसको च्याम्पियन भने मेलबर्न रेनेगेड्स भएको छ ।

प्रतिक्रिया दिनुहोस्