Logo
Logo

प्रदेश प्रमुख हटाएकोप्रति कांग्रेसको आपत्ति


दृष्टि संवाददाता

756
Shares

काठमाडौं, ७ फागुन । सरकारले प्रदेश २ का प्रदेश प्रमुख बर्खास्त गरी नयाँ नियुक्ति गरेको प्रति आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज शुक्रबार विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुख बर्खास्ती र नयाँ नियुक्तिको विरोध गरेका हुन् ।

‘सरकारको सिफारिसमा प्रदेश नम्बर २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्र्सना गर्दछ’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले यस अघि पनि प्रदेश प्रमुख हटाएको विषयलाई विज्ञप्तीमा उठाएको छ । ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई हटाएका थिए ।

अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो,’ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’ जारी वज्ञप्तीमा भनिएकाे छ ।

कांग्रेसले काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्तिजस्ता काम गर्न नमिल्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्