Logo
Logo

मालपोतका हाकिम ६ लाख घुससहित पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, ७ फागुन ।
मालपोत कार्यालय बाराका प्रमुख मनोज कुमार खनाल घुससहित पक्राउ परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घुससहित उनलाई शुक्रबार पक्राउ गरेको हो । सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम कार्यालयबाट रोक्का भएको कागजपत्र बनाउन उनले लेखापढी व्यवसायी बद्री प्रसाद बडालमार्फत घुस लिएका थिए । बडाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्