Logo
Logo

ललितपुरमा ३० लाखसहित १७ जना पक्राउ


दृष्टि संवाददाता

7.6k
Shares

काठमाडौं, ८ फागुन ।
ललितपुरका पेशेवर जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले ३० लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको हो ।


जुवाखालबाट पक्राउ पर्नेहरुमा ललितपुरका पूर्णमान श्रेष्ठ, बिनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, हिटलर श्रेष्ठ, अनिस महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, रामबहादुर लामा, प्रकाश भण्डारी, लालकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, बिनोद महर्जन र चिनिकाजी महर्जन रहेका छन् । खालबाट तासका साथै कौडा समेत बरामद भएको छ । सो स्थानमा नियमित जुवा खेलाइने सूचनाका आधारमा प्रहरीले छापा हानेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000