Logo
Logo

विप्लव समूह सरकारसँग वार्ताका लागि तयार


दृष्टि संवाददाता

8.4k
Shares

काठमाडौं, ८ फागुन । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँगको वार्ताका लागि आफूहरू सकारात्मक रहेको बताएका छन् ।

आज विज्ञप्ति जारी गर्दै उनले आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनताको हित र अधिकारका लागि रहेका उल्लेख गरेका छन् ।

विप्लवको विज्ञप्तिमा भनिएको छ–’आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउछौँ ।’

सरकारले फागुन २८ गते २०७५ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्