Logo
Logo

ओली समूहका युवा संघले साइबर सेनाको युनिट निर्माण गर्ने


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली समूहका राष्ट्रिय युवा संघ नेपालले संगठनभित्र साइबर सेनाको युनिट निर्माण गर्ने भएको छ ।

माघ २५ र २६ गते काठमाडौमा बसेको दोश्रो केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बचन बहादुर सिंहले संगठनभित्र साइबर सेनाको युनिट निर्माण जानकारी दिए । साइबर सेना प्रत्येक तहको कमिटी प्रणालीमा निर्माण गरिने उनले बताए ।

उनले उक्त युनिटले संगठनको आचारसंहितभित्र रही काम गर्ने बताए । बौद्धिक अराकतावादीहरुले मुलुकको मार्गचित्रलाई भ्रमित गर्ने कार्य गरेकाले साइबर सेनाको युनिटले त्यसलाई निगरानी गर्ने उनले बताए । सामाजिक सञ्जललाई दुरुपयोग गरेर व्यक्तिगत चरित्र हत्या गर्ने काम भएकाले त्यसलाई दुरुत्साहन गर्न पनि युनिट स्थापना गर्न लागिएको बताए ।

त्यस्तै उनाले संगठनभित्रको कार्यबिभाजनमा एकलौटी र एकपक्षिय नरहेको दावी गरे । बैठकले नेकपाका नेताहरुलाई जिताउन संक्रिय ढंगले लाग्ने निर्णय गरेको जानकारी दिए ।

संगठनले चैत्र मसान्त भित्र ७७ जिल्ला, सवै संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, सवै स्थानीय तह देखि वडा कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यस्तै चैत्र मसान्त भित्र ५ लाख सदस्यता वितरण गर्ने अध्यक्ष सिंहले बताए ।

ओली समूहले गत माघ २७ गते सिंहलाई राष्ट्रिय युवा संघका अध्यक्ष बनाएको थियो । तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ प्रचण्ड-माधव पक्षमा लागेपछि उनलाई हटाएर ओली पक्षले सिंहलाई अध्यक्ष चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्