Logo
Logo

शेयर बजारमा करेक्सन, घट्यो नेप्से


दृष्टि संवाददाता


काठमाडौँ, १० फागुन । शेयर बजार परिसूचक नेप्से झण्डै ३३ अङ्कले घटेको छ । जलविद्युत् र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि सोमबार नेप्से ३२ दशमलव ६७ अङ्कले घटेर २६ सय सात दशमलव ६७ विन्दुमा झरेको हो ।

पछिल्लो ५ कारोबार दिनमा नेप्से १ सय ४६ दशमलव ७५ अंक बढेको छ । यो बढाईपछि अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्दा यस दिन करेक्सन आएको हो ।

नेप्से घटेपनि कारोबार रकममा भने खासै कमी आएको देखिँदैन । यस दिन नेप्सेमा २ सय ७ कम्पनीको ७८ हजार ८ सय ५८ पटकको कारोबारमा ८ अर्ब ४० करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको २ करोड १६ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

जसमध्ये ४३ कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने १ सय ५४ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयर मूल्य स्थिर छ ।

माथिल्लो तामाकोशी, आँखुखोला, नेपाल हाइड्रो, चन्द्रागिरी हिल्स, शिवश्री हाइड्रो र खानीखोला हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

सिभिल बैंक, सेन्चुरी बैंक, मेगा बैंक र माछापुच्छ्रे बैंकको सेयर मूल्य पाँच पाँच प्रतिशतसम्म घटेको छ ।

बजार बन्द हुने बेलासम्म चन्द्रागिरी हिल्सको १५ लाख कित्ता सेयर माग हुँदा निफ्राको १२ लाख कित्ता र ग्लोबल आइएमई बैंकको पाँच लाख कित्ता शेयर माग थियो ।

प्रतिक्रिया दिनुहोस्