काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएलगत्तै पुनः पक्राउ परेका छन् । सर्वोच्चको आदेश लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतकै गेटबाट पुनः पक्राउ गरेको हो ।

न्यायधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो । बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।
उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिए । उनलाई आजै काभ्रे पठाउने तयारी भएको छ ।
पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ ।











