Logo
Logo

महिला लघुवित्तको आइपीओ शुक्रवार बाँडफाँट हुने


दृष्टि संवाददाता


काठमाडौँ । महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते शुक्रबार बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइपीओ आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो ।

लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १ सय ७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५ दशमलव ७२ गुणा बढी हुन आउँछ ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५ सय जनाले मात्रै शेयर पाउनेछन् ।

महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्री खुला गरेको आईपीओ मा आवेदन दिने फागुन ५ मा अन्तिम दिन थियो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता सय अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्