Logo
Logo

४० करोड राजश्व छलीको अभियोगमा मुद्दा दायर


दृष्टि संवाददाता


काठमाडौं । वीरगञ्ज र विराटनगरका तीन व्यवसायी फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले ४० करोड राजश्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।

विभागले विराटनगरका सुरेशकुमार राठी, वीरगञ्ज उपमहानगरपालिका–१० स्थित रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक रजनिशकुमार गुप्ताविरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले राठीेविस्द्ध राजस्व छलीको अभियोगमा १५ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ । विभागले वास्तविक बिक्री आम्दानीभन्दा घाटा देखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर छलेको अभियोगमा मुद्दा दायर गरेको हो ।

राठीले भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टममा विवरण प्रविष्टि नगरी कारोबार गर्ने गरेको पनि विभागले जनाएको छ । यस्तै, रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक तथा प्रोप्राइटर गुप्ताले राजस्व चुहावट गरेको अभियोगमा २५ करोड रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

उनले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्