Logo
Logo

३९ अंकले नेप्से घटयो, चन्द्रागिरीको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो


दृष्टि संवाददाता


काठमाडौँ । नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २ हजार ४ सय १६ विन्दुमा झरेको छ । पछिल्लो केही दिनदेखि निरन्तर घटिरहेको नेप्से सूचक बुधबार पनि घटेको हो ।

नेप्सेसँगै बुधबार सेन्सेटिभ सूचक पनि ७ दशमलव १२ अंकले घटेर बन्द भएको छ । समग्र सूचक मंगलबारकै हाराहारीमा खुम्चिएको भएपनि फरक रेखामा देखिएको नेप्सेको ग्राफले बजारमा करेक्शन भने हुने लाइनमा छ ।

बुधबार कारोबारको प्री–ओपन सेसनमा ६ अंकले घटेको बजार सामान्य सेसनमा ३६ अंकसम्म घटेको थियो । सुरुआती २० मिनेटमा ३६ अंकसम्म बजार घट्यो । बजार बढ्ने अपेक्षा गरेको भएपनि बजार पुनः ३० अंक तल झर्न पुग्यो ।

त्यसपछि लगातार घटिरहेको बजार साढे एक बजेपछि विस्तारै घट्न कम भएपनि २ हजार ३ सय ९० अंकमा आएको बजार २ हजार ४ सय २८ अंक पुगेको थियो ।

बजारको घट्ने अन्तर २६ अंकसम्म आएको थियो। तर त्यसको १० मिनेटपछि नै बजार थप २४ अंकले घटेको थियो ।

दुई दिनदेखि बजारमा देखिएको उतारचढावमा ८० अंकले तल ओर्लिएर सूचक २ हजार ४ सय १६ विन्दुमा आएको छ । सेन्सेटिभ सूचक पनि सात अंकले घटेर ४ सय ३६ मा आइपुगेको छ ।

बुधबार चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनर र नेश्नल हाइड्रो पावरको पनि ८ दशमलव १६ प्रतिशत र ४ दशमलव ९३ प्रतिशतले बढेको छ ।

यस्तै, एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ३६ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोको ६ दशमलव ०६ प्रतिशतर नेपाल दुरसञ्चार कम्पनीको ५ दशमलव ७४ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्