Logo
Logo

कारोवारको अन्तिम दिन शेयर बजारमा हरियाली, निफ्राको शेयर १० प्रतिशतले बढ्यो


दृष्टि संवाददाता


काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९० अंकभन्दा बढीले बढेको छ । पछिल्ला केही दिन यता ओरालो लागिरहेको नेप्से, साताको अन्तिम दिन बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन् । शेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ ।

पछिल्ला कारोबार दिनहरुमा करेक्सन भइरहेको नेप्से, अनितम कारोवारको दिन उकालो लागेको विश्लेषक बताउँछन् । अहिले नेप्से बुलिश ट्रेण्डमा रहेका कारण पछिल्ला केही दिनहरुको करेक्सनपछि अब बजार पुनः उकालो लाग्ने सम्भावना देखिएको छ ।

पछिल्ला केही दिनयता लगातार घटेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य आज भने १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ ।

यसक्रममा बिहीबार सर्वाधिक रकमको कारोबार हुने स्टक पनि निफ्राकै बन्यो । यसको बिहीबार एक दिनमै ५३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

निफ्रापछि सर्वाधिक रकमको सेयर किनबेच हुनेमा क्रमशः शिखर इन्स्योरेन्स २४ करोड, नबिल बैंकको २० करोड, नेपाल टेलिकमको १९ करोड र नेपाल लाइफको १८ करोड रुपैयाँ सम्मको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्