Logo
Logo

गौमुल गाउँपालिका वडा नम्वर-२ पूर्ण खोप घोषण


नन्दा थापा


बाजुरा । गौमुल गाउँपालिका वडा नम्वर- २ लाई पूर्ण खोप वडा घोषणा गरेको छ । वडा नम्वर २ मा रहेको तल्लो दुगुनलाई मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पूर्ण खोप घोषण गरेको वडा कार्यलयले जनाएको छ ।

उक्त वडा मा रहेका बालबालिकाहरुलाई सम्पुर्ण खोपको मात्रा पुगाई पुर्ण खोप घोषण गरिएको दहकोट स्वास्य शाखा प्रमुख धर्म बहादुर खत्रिले बताउएका छन् । कार्यक्रम गौमुल गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष चक्र बहादुर बोहोर को अध्यक्षतामा संचालन गरिएको कार्यक्रको प्रमुख अतिथि जिल्ला समन्व्य समिति सदस्य धन बहदुर सार्कि रहेका थिए ।

त्यस्तै विशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष सिता थापा रहेको कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, गाउँपालिका तथा वडा कार्यलयमा कार्यरत कर्मचारिको सहभागिता रहेको थियो । कार्यक्रममा करिव एक सय जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रमको संचालन दहकोट स्वास्य शाखा प्रमुख धर्म बहादुर खत्रिले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्