Logo
Logo

शेयर बजार घट्यो, कारोवार रकम सुध्रियो


दृष्टि संवाददाता


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । आइतबार नेप्से सूचक ५१ दशमलव २३ अंकले घटेर २ हजार ४ सय ७ दशमलव २५ विन्दुमा झरेको हो ।

यस्तै, सेन्सेटिभ सूचक पनि १० दशमलव १० अंकले घटेर ४ सय ३२ दशमलव १३ विन्दुमा पुगेको छ । यस्तै, आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि बढेको छ ।

अघिल्लो दिन बुधबार ४ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आइतबार कारोबार रकम झण्डै ५ अर्ब पुगेको छ । आइतबार २ सय ११ वटा कम्पनीको ९९ लाख ३ हजार ४ सय ४ कित्ता शेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्