Logo
Logo

त्रिदेशीय फुटबल खेल्न बंगलादेशी टोली नेपालमा


दृष्टि संवाददाता


काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि बंगलादेशी फुटबल टिम काठमाडौँ आइपुगेको छ । यही चैत १० गतेबाट शुरू हुने फुटबल प्रतियोगितामा सहभागी हुन बिहीबार बंगलादेशी टिम नेपाल आएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र कार्य समिति सदस्य रुपेश अधिकारीसहितका एन्फा अधिकारीहले बंगलादेशी टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

त्रिदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालसहित बंगलादेश र किर्गिस्तानले खेल्दै छन् । त्रिपुरेश्वरस्थिति दशरत रंगशालामा चैत १६ गतेसम्म हुने खेलको तयारी अन्तिम चरणमा पुगेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्