Logo
Logo

पहिलो पटक नेपालमा खेलाडी अक्सन, आठ खेलाडी सर्वाधिक मूल्यमा विक्री


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको नेपाल सुपर लिग–एनएसएल फुटबल प्रतियोगितामा ८ खेलाडी सर्वाधिक मूल्यमा विक्री भएका छन् ।

शुक्रबार भएको अक्सनमा ए श्रेणीमा रहेका ८ जना खेलाडीले अधिकतम मूल्य २ लाख रुपैयाँ पाएका हुन् । सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी र विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन् ।

अधिकतम मुल्य पाएका खेलाडीहरू लक्की ड्रमार्फत उनीहरूको जाने टोली तय गरिएको थियो । अक्सनबाट कुल ९८ जना खेलाडी विक्रि भएका थिए । जसमा ए श्रेणीबाट २१ जना, बी श्रेणीबाट ४१ जना र सी श्रेणीबाट ३६ जना खेलाडी अक्सनमा विक्रि भए ।

खेलाडी अक्सनमा केहि स्टार खेलाडी विक्रि भएनन् । जसमा अनुभवी खेलाडी विरान महर्जन, रविशंक पासवान, राजेन्द्र रावल, जर्ज प्रिन्स कार्की हेमन्त थापामगर, जुमनु राई जस्ता खेलाडी विक्रि भएनन् । सात टिमले एक सय ५९ खेलाडीमाथि अक्सनमा बोली लाग्दा टिमले माथि उल्लेखित खेलाडीमा कसैले पनि बोली लगाएनन् ।

बैशाख ११ गतेबाट हुने प्रतियोगिताको अक्सनबाट हरेक टिमले १४–१४ खेलाडीलाई अनुबन्ध गरेको हो । अब खेलाडीले कोटा अनुसार तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन भने दुई जना ट्यालेन्ट हन्टबाट छानिनेछन् ।

प्रतियोगितामा सहभागी हुने ७ वटै टोलीले यसअघि मार्की खेलाडी र प्रशिक्षक घोषणा गरिसकेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्