Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : संसदमा प्रधानमन्त्रीको राजीनामा मागदेखि ओलीले बोलाएको बैठकमा नजाने नेपाल समूहको अडानसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदको एकै श्वर, प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग, सर्वोच्चले नै प्रधानमन्त्रीको कदम असंवैधानिक भएपछि मार्गप्रशस्त गर्न कांग्रेसको सुझाव, नैतिकता देखाउन माओवादी केन्द्रको आग्रह, दलहरूबीच नयाँ ढंगको समझदारीका लागि सरकार सहयोगी बन्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दावी ।

२. शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बस्ने संसदीय दल र केन्द्रीय कमिठी बैठकमा सहभागी नहुने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहको निर्णय, नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको साटो प्रधानमन्त्रीको निजी निवासमा राखेर दललाई निजीकरण गर्न खोजेकाले बहिस्कारको निर्णय, दलको कार्यालय वा संसद भवनमा बैठक राखेर उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरे विचार गर्ने तर्क ।

३. सरकारले तीन वर्षमा गरेका काम अभूतपूर्व र असाधारण भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दावी, छोटो अवधिमा पूर्वाधार तथा विकासमा धेरै काम भएको भनाइ, नेपाल आधुनिकतामा प्रवेश गरेकाले आधुनिक नेपालको नारा ‘कि इतिहास झल्कने, कि आधुनिकता टल्कने’ राखिएको प्रधानमन्त्रीको भनाइ ।

४. महान्यायाधिवक्ताको पदबाट अग्नि खरेलले दिए राजीनामा, सक्रिय राजीतिमै फर्कने उद्घोष, आफ्नो कार्यकालमा संहिताको कार्यान्वयन र फौजदारी कानूनमा सुधार गरेको दावी, सरकारद्वारा महान्यायाधिवक्तामा प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारको तर्फबाट बहस गरेका अधिवक्ता रमेश बडाल सिफारिस, राष्ट्रपतिले सपथ गराएसँगै बडाल नियुक्त हुने ।

५. प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने साँचो जनता समाजवादी पार्टी (जसपा)सँग भएको नेपाली कांग्रेसको भनाइ, पार्टीले अघि सारेको माग जुन पक्षबाट सम्बोधन हुन्छ, त्यही पक्षमा जसपाको समर्थन रहने जसपा नेता राजेन्द्र महतोको दावी, जसपाले जनता र पार्टीको हितमा आगामी राजनीति अघि बढाउने महतोको भनाइ ।

६. प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने खालका उद्योग स्थापना गर्न उद्योगी–व्यवसायलाई आह्वान, सरकारका तर्फबाट सबै सहुलियत र कानूनी प्रवन्ध सरकारले गर्ने आश्वासन, निजी क्षेत्रसँगको छलफलले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने उपप्रधानमन्त्री ईश्वर पोखरेलको दावी, बजेट र मौद्रिक नीतिले कोरोनापछि पनि अर्थतन्त्र पुरानै लयमा फर्कने क्रममा रहेकोमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गरे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा ।

७. नेपालमा रहेका शरणार्थीलाई पनि कोभिड–१९ विरुद्धको खोप दिन सुरु, राष्ट्रिय खोप अभियान अन्तर्गत नै शरणार्थीलाई समेत समेटिएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर) द्वारा जानकारी, यूएनएचसीआरकै अनुसार कुनै पनि मुलुकमा रहेका शरणार्थीलाई समेत नागरिकसरह खोप अभियानमा समेट्ने एसिया तथा प्यासिफिक क्षेत्रमा नेपाल पहिलो मुलुक ।

८. सिंगटी हाइड्रोको आइपीओमा पहिलो दिन नै माग भन्दा धेरै आवेदन, २ लाख ४२ हजारले गरे आवेदन,दोस्रो बजारमा शेयर कारोबार गर्ने साढे ६ लाख पुगे,अनलाइन प्रयोगकर्ता करिब पाँच लाख,इन्धनको मूल्य बढेसँगै हवाई सेवाप्रदायक कम्पनीले बढाए भाडा, अधिकतम ९० रुपैयाँ बढ्यो ।

९. नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन), अक्सनबाट ८ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित, सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार, कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडी घोषित ।

१०.र, विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ लाखा नाघ्यो, भारतमा २४ घण्टामा ३९ हजार भन्दा बढी नयाँ कोरोनाका संक्रमित थपिए, कोरोना भाइरसको तेस्रो लहर सुरू भएपछि फ्रान्सको राजधानी पेरिससहित विभिन्न १५ शहरमा फेरि एक महिनाका लागि लकडाउन घोषणा, तान्जिनियामा पहिलो पटक महिला राष्ट्रपति चयन ।

प्रतिक्रिया दिनुहोस्