Logo
Logo

टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध


दृष्टि संवाददाता


काठमाडौं । सन् २०२१ को जुलाई २३ बाट सुरु हुने तय भएको टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध गरिने भएको छ । टोकियो ओलम्पिक आयोजक समितिका प्रमुख सेको हासिमोतोले विदेशी दर्शकलाई प्रवेश गराउन नसकिने अवस्था आएको बताएका हुन् ।

कोरोना भाइरसको संक्रमण जारी रहेका कारण विदेशी दर्शकलाई प्रवेश निषेध गर्न लागिएको हासिमोतोको भनाइ छ । विश्वभर करिब ४० करोड डोज खोप लगाइए पनि टोकियो ओलम्पिक आयोजक समितिले ठूलो संख्यामा विदेशी दर्शकलाई तत्कालै आमन्त्रण गर्न सकिने अवस्था नरहेको बताएको हो ।

‘हामीले सबै सहभागीका लागि सुरक्षित र भरपर्दो वातावरण सुनिश्चित गर्नु पर्दछ,’ टोकियो आयोजक समितिका प्रमुख सेको हासिमोतोले भने, ’यो अपरिहार्य निर्णय हो।’ ओलम्पिक खेलको इतिहासमै विदेशी दर्शकलाई आमन्त्रण नगरिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्