Logo
Logo

काेराेना जाेखिम बढेपछि स्वास्थ्य मन्त्रालयकाे १० बुँदे निर्णय


दृष्टि संवाददाता


काठमाडाैं । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि जोखिम बढेको भन्दै सरकारले उच्च सतर्कता अपनाउँदै कोभिडको व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै वटा प्रदेश, संघीय तथा प्रादेशिक अस्पताल, स्वस्थ्य संस्थाहरु, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सिमा नाकाका हेल्थ डेस्कहरुलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १० बुँदे निर्देशन :

१. सबै प्रवेश बिन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको मलेरियाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट तथा सम्भव भएसम्म कोभिड १९ को एन्टिजिन टेस्टको व्यवस्था मिलाउनु हुन।

२. साथै टेस्ट रिपोर्ट पोजिटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोभिड १९ को व्यवस्थापन सम्बन्धि निर्देशिकाहरू बमोजिम गर्नुहुन।

३. यस कार्यका लागि स्थानीय निकाय, अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरूले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्नुहुन।

४. क्वारेन्टाइन आदेश २०७७ बमोजिमका व्यवस्था लागू गर्नुहुन।

५. रोगको निगरानीलाई चुस्त बनाउनुहुन।

६. केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङलाई बढावा दिनुहुन।

७. आवश्यक पिसिआर तथा एन्टिजिन टेस्टको सुनिश्चितता गर्नुहुन।

८. सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहनुहुन।

९. आफ्नो पालिकाहरुमा संक्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरि समुदायस्तरमा कोभिड १९ को गरिने एन्टिजिन परीक्षण प्रक्रिया सम्बन्धी प्रोटोकल बमोजिम गर्नुहुन।

१०. सबै निकायहरूले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउनका लागि आवश्यक पहल तथा प्रचारप्रसार गरिदिनुहुन।

प्रतिक्रिया दिनुहोस्