Logo
Logo

रेण्ड पाण्डाको छालासहित तीनजना पक्राउ


दृष्टि संवाददाता


काठमाडाैं । सोलुखुम्बूको मकालु बरुण राष्ट्रिय निकुञ्जभित्रबाट पासो थापेर रेड पाण्डा मारेर छाला तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोलुखुम्बू जिल्लाको महाकुलुङ गाउँपालिकाबाट वन्यजन्तुको चोरी शिकारी मार्फत छाला तस्करी हुँदै छ भन्ने खबर पाउपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ७६ वर्षिय जगतबहादुर राई, ५७ वर्षिय मितुरधन राई, ५६ वर्षिय कविर शंकर राईलाई पक्राउ गरिएको डिएसपी कवित कटुवालले जानकारी दिए ।

उनीहरुको साथबाट ७ थान छाला र ५ थान पासो समेत बरामद गरिएको छ। डिएसपी कटुवालका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धान भैरहेको छ। उनीहरुलाई थप कारवाहीका लागि मकालु वरुण राष्ट्रिय निकुन्ज पठाउने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूले जनाएको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार उनीहरुलाई पाँच लाख देखि दश लाख रुपैयाँसम्म र पाँच वर्षदेखि पन्ध वर्षसम्म कैद सजाय हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्