Logo
Logo

हुम्लामा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध


दृष्टि संवाददाता


सिमकोट । हुम्लामा चार दिनदेखि एडिएसएल र टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । कालिकोट जिल्लाको महावु लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा उक्त सेवा अवरुद्ध भएको हो।

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध भएको सेवाग्राही नन्दकुमार सिंहले बताए।

महावुमा स्थापना भएको रिपिटर टावरमा खराबी आएपछि टेलिकमको इन्टरनेट र ल्यान्डलाइन सेवा अवरुद्ध भएको टेलिकमका ‘लाइन म्यान’ रामबहादुर बोहराले जानकारी दिए। आइतबारसम्म प्राविधिक टोली महावुमा पुगेर मर्मत गर्ने जानकारी कार्यालयलाई आएको उनले बताए।

हुम्लामा ८६ ल्यान्डलाइन टेलिफोन लाइनबाट इन्टरनेट सेवा प्रदान गरिएको थियो। टेलिकमको नमस्ते र सिडिएमए सेवामा पनि आवाज नसुनिने समस्या देखिएको छ।

प्रतिक्रिया दिनुहोस्