Logo
Logo

उपचार रोकेर देशभरीका सरकारी चिकित्सक आन्दोलनमा, गरिब बिरामीहरु महंगा अस्पताल जान बाध्य


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ फागुन ।

सरकारी किकित्सकको आन्दोलनले हजारौं सर्वसाधरण प्रभावीत भएका छन् । सरकारी चिकित्सक संघ (गोदान)को अगुवाईमा डाक्टरहरुले आजबाट देशभरका सबै सरकारी अस्पतालमा आकस्मिक बाहेकको सेवा ठप्प पार्ने भएका छन्। समायोजनको विरुद्धमा यस्तो अमर्यादित आन्दोलन चिकित्सकहरुले गरेको छन् । जसको सर्वत्र आलोचना भएको छ ।


स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभरमा केन्द्रिय, प्रदेशस्तरका, जिल्ला स्तरका र स्थानीय तहका गरी १ सय ६० अस्पताल छन्। यसका साथै २ सय २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र झण्डै ४ हजार स्वास्थ्य चौकी रहेका छन्। सबै गरेर देशभर ४ हजार २ सय ८२ स्वास्थ्य संस्था छन्।
स्वास्थ्य मन्त्रालयसँग यी सबै सरकारी संस्थामा कति बिरामी ओपिडी सेवा लिन दैनिक आउने गर्छन् भन्ने एकिन तथ्यांक छैन। तर, मन्त्रालयले यी सबै संस्था गरी ५० हजारभन्दा बढी बिरामीले दैनिक ओपिडी सेवा लिने गरेको अनुमान गरेको छ।

मन्त्रालयकै यही तथ्यांक अनुसार डाक्टरहरुको आन्दोलनका कारण देशभर ५० हजारभन्दा बढीले आज उपचार सेवा नपाउने भएका छन्।
स्वास्थ्य चौकीमा डाक्टरको दरवन्दी नभए पनि कर्मचारी समायोजनामा स्वास्थ्यका सबै कर्मचारीको असहमति रहेका कारण यी संस्थाको सेवा पनि प्रभावित हुने देखिएको छ।

सरकारले अगाडि बढाएको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै डाक्टरहरुले विगत केही सातादेखि आन्दोलन गर्दै आइरहेका छन्। सरकारले माग सम्बोधन नगरेको भन्दै उनीहरुले आजबाट आकस्मिक बाहेकको सेवा बाहिस्कारको आन्दोलन सुरु गरेका हुन्।

संघीयता कार्यान्वयनका क्रममा समायोजन गर्दा भेदभाव गरिएको भन्दै गोदानले सुरुवातदेखि आन्दोलन गर्दै आएको छ। गोदानको आन्दोलनमा नेपाल चिकित्सक संघले समेत सघाएको छ।

गोदानले माग पुरा गर्न सरकारलाई मंगलबारसम्मको समयसिमा दिएको थियो। आइतबार पत्रकार सम्मेलन गर्दै ७२ घण्टाको समय दिँदा समेत सरकारले माग पुरा नगरेपछि बन्दको कार्यक्रम गर्न बाध्य भउको गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले जानकारी दिए। उनले आफ्ना माग पुरा नभए सबै सरकारी डाक्टरले सामुहिक राजिनामा दिने बताए।
यसबाट बिरामीहरु निजीमा जान बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्