Logo
Logo

वायु प्रदुषणले बन्द भएकाे साढे दुई घण्‍टापछि खुल्याे हवाई सेवा


दृष्टि संवाददाता


काठमाडौँ । काठमाडौंमा एक्कासी बढेको वायु प्रदुषण र तुवालोका कारण भिजिबिलिटी कम भएपछि बन्द भएको हवाइ सेवा साढे दुई घण्‍टापछि खुलेको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीकाअनुसार केही बेरअघिबाट हवाई सेवा सञ्चालनमा आएको हो । ‘भिजीबिलिटी कम भएपछि दुई घण्टा ४५ मिनेट हवाई सेवा बन्द रह्यो’ उनले भने ।

शुक्रबार तुवाँलोका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडान बन्द भएका थिए । जहाज उडानका लागि ८ सय मिटरको भिजिविलिटी आवश्यक पर्दछ ।

साना जहाज अवतरणका लागि एक हजार ६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ भने ठूला जहाजको लागि २ हजार आठसय मिटर आवश्यक पर्छ ।

विमानस्थलका अनुसार प्रदुषणका कारण एक अन्तर्राष्ट्रिय उडान डाभर्ट गर्नु परेको थियो । हङकङबाट काठमाडौंका लागि उडेको क्याथे प्यासिफिकको विमान डाइभर्ट गरेर भारतको दिल्ली पुर्‍याएको थियो ।

विमानस्थल खुलेसँगै आकाशमै होल्ड रहेका ३ वटा अन्तर्राष्ट्रिय विमानलाई अवतरण गराइएको छ । उता आधा दर्जन डोमेस्टिक विमानहरु पनि डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्