Logo
Logo
उपत्यकामा वायु प्रदूषण

मर्निङ वाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयकाे अपिल


दृष्टि संवाददाता


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा बढेसँगै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका भित्रको वायु प्रदूषण बढ्दा श्वासप्रश्वासमा कठिनाइँ लगायत विविध स्वास्थ्य समस्या देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा पाँच बुँदै अपिल जारी गरेको हो ।

मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम–खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले अत्यावश्यक नभइ सवारी साधन नचलाउन समेत अनुरोध गरेको छ ।

मन्त्रालयद्वारा जारी अपिल :

प्रतिक्रिया दिनुहोस्