Logo
Logo

‘सुरक्षा खतराका कारण प्रधानमन्त्री संसदमा नदेखिनु भएको हो ?’


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीलाई कोबाट के कारण सुरक्षा खतरा रहेको छ ? भन्दै प्रश्न गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठको शून्य समयमा बोल्दै सांसद बडुले प्रधानमन्त्रीलाई सुरक्षा खतरा रहेकोबारे सरकारले स्पष्ट जानकारी दिनु पर्ने माग गरेका हुन् ।

प्रधानमन्त्रीले आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि समयमा भौतिक आक्रमण हुने भनेकाले त्यसको जानकारी सरकारले आम जनतालाई दिनुपर्ने उनको भनाइ रहेको ।

शुन्य समयमा बोल्दै सांसद बडुले भने– ‘प्रधानमन्त्रीलाई सुरक्षा खतरा भन्नेमा यर्थाथता कति छ ? गृह मन्त्रालयले उहाँको सुरक्षाका लागि के–के गरिरहेको छ ? संसद चलिरहँदा आजसम्म प्रधानमन्त्री नदेखिनुको कारण सुरक्षा खतरा हो कि नैतिक खतरा महसुस गर्नु भएको हो ?’

प्रधानमन्त्रीमाथि के कारण सुरक्षा खतरा रहेको भन्ने सरकारले प्रष्ट नपार्दा आफ्नै देशको सुरक्षामाथि यस्तो प्रश्न उठ्ने गैरजिम्मेवार र बनावटी किन गर्नुभयो ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्