Logo
Logo

देउवा र पौडेलकाे विवादले केन्द्रीय समिति बैठक अझै बस्‍न सकेन


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको आज (शुक्रबार) दिउँसो २ बजेका लागि बस्ने भनिएको केन्द्रीय समिति बैठक अवेरसम्म पनि सुरु हुन सकेको छैन ।

छलफलका एजेन्डाबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुरा नमिल्दा बैठकमा ढिलाइ भएको हो । तिरोध अन्त्य गर्नका लागि सभापतिले पहल नगरेको वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले जनाएको छ।

पार्टीको महाधिवेशन र क्रियाशील सदस्यताबारे मात्रै छलफल गर्ने देउवाको तयारी छ । तर पौडेलले राष्ट्रिय राजनीतिक र नयाँ सरकार गठनका विषयमा छलफल गर्नुपर्ने अडान लिएका छन् ।

प्रमुख प्रतिपक्षी दलले सरकार बनाउने पहल गर्नुपर्नेमा संस्थापनइतर नेताहरुको जोड छ। केपी ओली सरकारको विस्थापन गरी प्रधानमन्त्री बन्‍न सभापति देउवा तयार नभए दोस्रो व्यक्तिलाई प्रस्ताव गर्न माग पौडेलपक्षले माग गरेको छ ।

अहिले दुवै पक्षबीच अनौपचारिक छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्