Logo
Logo

राष्ट्रिय फुटबल टिमकाे मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरिएको छ । उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम उनले सम्हाल्नेछन् । एन्फाको टेक्निकल कमिटीका प्रमुख कृष्ण थापाका अनुसार अब्दुल्लाहलाई एक वर्षको जिम्मेवारी दिइएको हो ।

अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थान लिएका हुन् । विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।

यसअघि उनले कतार, किर्गिस्तान, साउदी अरेबिया र कुवेतका विभिन्न टिम हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्