Logo
Logo

पहिलो चरणको दोस्रो डोज खोप वैशाख ७ देखि लगाइने


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणको दोस्रो डोज खोप आगामि वैशाख ७ लगाउने बताएका छन् ।

सोमबार संसदमा बोल्दै उनले पहिलो मात्रा कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेकालाई २०७८ वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रामा कोभिसिल्ड खोप प्रदान गर्ने बताए ।

‘बाहिर पहिलो चरणमा खोप लगाउनेलाई खोप छैन भन्ने हल्ला छ,’ उनले भने, ‘पहिलो चरणमा खोप लगाएकाहरूको खोप सुरक्षित तरिकाले भण्डारण गरेर राखिएको छ ।’

नेपालमा कुल जनसंख्याको ६ प्रतिशतभन्दा बढी मानिसहरूले खोप लगाइसकेको जानकारी उनले दिएका छन् । यसभन्दा अगाडि खोप लगाउन नपाएका इच्छुक अग्रपन्तीमा खटिने व्यक्तिलाई चैत्र २५ गतेदेखि चिन सरकारबाट प्राप्त ‘भेरोसेल खोप लगाउने कार्यक्रम रहेको उनले बताएका छन् ।

संक्रमण पुन बढ्दै गइरहेको हुनाले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्