Logo
Logo

दीपाश्री निरौलाको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा साइबर ब्युरो प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ का १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

दीपाश्रीको फेसबुक ह्याक गरेर ह्याकरले ‘छक्कापञ्जा’का सह–निर्माता सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रूपैयाँ दिनू भनेर म्यासेज गरेका थिए । त्यसपछि प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

सोही जाहेरीको आधारमा खटिएको प्रहरीको टोलीले १४ वर्षीय किशोरलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पर्साबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्