Logo
Logo

गृहमन्त्री र मुख्यमन्त्रीको हत्या गर्ने भन्दै प्रहरीलाई मेल


दृष्टि संवाददाता


एजेन्सी । भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको हत्या गर्ने सूचना सहतिको मेल मुम्बई प्रहरीलाई आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार मुम्बईस्थित केन्द्रीय रिजर्भ प्रहरी बलको मुख्यालयमा गृहमन्त्री र मुख्यमन्त्रीको हत्या गर्ने मेल आएको हो । मुम्बई प्रहरीले मेल प्राप्त भएको पुष्टि गरेको छ । मेलमा लेखिएको छ– आगामी दिनमा गृहमन्त्री अमित शाह र मुख्यमन्त्री योगी आदित्यनाथको हत्या गरिनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मेलमा अगाडि लेखिएको छ– कुनै धार्मिक स्थलमा दुवै मन्त्रीविरुद्ध आक्रमण गरिनेछ । यस्तो मेल आएसँगै गृहमन्त्री र मुख्यमन्त्रीको सुरक्षा बढाइएको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गणतन्त्र दिवसका अवसरमा अमित शाह, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत धेरै नेताहरूले उनीहरूलाई मार्ने धम्की आएको थियो ।

प्रतिक्रिया दिनुहोस्