Logo
Logo

प्रहरीबाट भागेका अपराधी खाना पकाएको भिडियोकाे कारण पक्राउ


दृष्टि संवाददाता


एजेन्सी । इटलीबाट अपराध गरेर भागेका एक अपराधीलाई यूट्युबमा राखिएको खाना पकाएको भिडियो हेरेर प्रहरीले पक्राउ गरेको छ । भिडियोमा उनका ट्याटूहरू देखिएका थिए ।

मार्क फेरेन क्लाउड बियार्टलाई मार्च २४ मा बोचा चिचा शहरमा पक्राउ गरिएको थियो । डोमिनिकन रिपब्लिकमा रहेको उक्त शहरमा उनी कोस्टारिकाबाट पाँच वर्षअघि आइपुगेका थिए ।

खासमा बियार्ट कोस्टारिका पनि इटलीबाट भागेर पुगेका थिए । उनलाई कालाब्रियामा रहेको न्द्रानगेता माफिया संगठनका लागि लागूऔषध ओसारपसार गरेको आरोपमा सन् २०१४ मा इटलीका एक मजिस्ट्रेटले पक्राउ आदेश जारी गरेका थिए ।

बियार्ट बोचा चिचामा बस्ने इटालेली नागरिकहरूको ध्यान आकर्षित नहोस् भनी दूरी कायम गर्ने गर्थे ।

तर बियार्टले एउटा ठूलो भूल गरे । उनी र उनकी पत्नीले इटालेली खानेकुरा बनाएको भिडियो यूट्युबमा पोस्ट गर्ने गरेका थिए । भिडियोमा बियार्टको अनुहार नदेखाइने गरेको भए पनि प्रहरीले उनको ट्याटूबाट उनलाई चिन्यो ।

प्रतिक्रिया दिनुहोस्