Logo
Logo

डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा प्रद्युमन पोखरेल


दृष्टि संवाददाता


काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललगायत अन्य पदाधिकारीहरु सर्वसम्मतिबाट निर्वाचित भएका छन् ।

एशोसियसनको गत मंगलबार भएको १५औँ वार्षिक साधारणसभाले एशोसियसन उपाध्यक्षमा सुयोग श्रेष्ठ, सचिवमा बोधराज देवकोटा, कोषाध्यक्षमा प्रवीण बस्नेत चयन भएका छन् । सदस्यहरुमा भने नरेशसिंह बोहरा, प्रकाश पौडेल, श्रीचन्द्र भट्ट, नवीन सुवेदी र उमेशकुमार आचार्य चयन भएका छन् ।

सभाले आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आव २०७७/७८ को अनुमानित आय–ब्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । १५ सदस्य विकास बैँकहरुमध्ये १४ सदस्य विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त निर्वाचन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्