Logo
Logo

माछापोखरीको तरकारी बजारमा बैंक अफ काठमाण्डूको डिजिटल भुक्तानी सेवा


दृष्टि संवाददाता


काठमाडौं । बैंक अफ काठमाण्डूले माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्युआर कोड) सेवा सुरु गरेको छ ।

शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलबाट डिजिटल भुक्तानीको सुरुवात गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्युआर कोड स्क्यान गरी भुक्तानी गरेका हुन् ।

उनले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद दिए ।

हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्